बिबाह भएको १९ बर्षपछी पतिलाई थाहा भयो.. उसकी पत्नी महिला होइनन्, पुरुष हुन्

Posted on: 03 Jul, 2016

बेल्जियम | यस्तो समाचार जो झट्ट सुन्दा पत्याउन गाह्रो छ तर यो समाचार सत्य हो | बेल्जियमका एक व्यक्तिले बिवाह भएको १९ बर्षपछि थाहा पाएकी उसकी पत्नी महिला होइनन्, पुरुष हुन् |

बेल्जियममा बस्ने जेनले १९ बर्ष अघि इन्डोनेशियाकि मोनिका नाम गरेकी एक युवतीसँग दोश्रो बिवाह गरेका थिए, बिवाहपछी जेनले आफ्नी पत्नी मोनिकालाई बेल्जियम लिएर गए | जेनका अनुसार यौन सम्बन्धको अवस्थामा मोनिका सेनिटरी टावेल प्रयोग गर्थिन् | जेनले आफ्नो यौन सम्बन्धलाई त्यति सिरियस रुपमा लिएनन् | जेनको पहिलो बिबाहबाटै दुई बच्चा थिए र मोनिकाले बच्चा नजन्माउने फैसला लिएकी थिईन् |

जेनले बताए अनुसार शुरूमा मोनिकाको व्यवहार ठिकै थियो | पछी हुँदैजाँदा जब मोनिका फुल टाइम जब गर्न थालिन् तब समस्या सुरु भयो | काममा लागेपछी मोनिकाले जेनप्रति गर्ने व्यवहार फेरियो | जेन र मोनिकाबीच झगडा हुन थाल्यो | एकदिन जेनका साथिले उसलाई भने कि मोनिका लिंग परिवर्तित पुरुष हुन् | जेनलाई साथिको कुरामा विश्वास लागेन तर जेनको छोराले पनि मोनिकाको बारेमा यस्तै कुरा सुनाए | एकदिन जेनले मोनिकालाई भने – ‘तिमी एक पुरुष हौ, यो कुराको सत्यता मैले पत्ता लगाएको छु |’

यसपछी मोनिकाले भनिन् ‘म एक पुरुष नै हुँ, पछी मैले आफ्नो लिंग परिवर्तन गरें, तर अब म एउटी महिला हुँ र यसैले मैले यसबारे बताउन आवश्यक ठानिन |’ यो कुरा आफ्नै श्रीमतीबाट सुनेपछी जेनले मोनिकासँग सम्बन्ध बिच्छेद गरे र उनि बिरुद्ध अदालतमा मुद्धा हाले | साथै घटनापछी जेनको मानसिक अवस्था अस्वस्थ भएपछी उनि अहिले मानसिक उपचार गराउँदै छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!