जब महिलाले पुरुषलाई बलात्कार गरिन !

Posted on: 10 Feb, 2020

माघ २७, एजेन्सी | भारतको हरियाणा स्थित पलवल जिल्लामा महिलाले पुरुषलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ | विधवा महिलाले एक किशोरलाई जबरजस्ती यौन सम्पर्क गराएपछि उनी गर्भवती बनेकि थिइन् |

गर्भवती  भएपछि ति महिलाले किशोरलाई विवाह गर्न भनिन् तर ति किशोरले स्वीकार गरेनन | किशोरले विवाह गर्न अस्विकार गरेपछि उनले प्रहरीमा उजुरी दिईन | प्रहरीले ति किशोरलाई पक्राउ गरेर बलात्कार गरेको मुद्दा चलायो |

प्रहरीका अनुसार आरोपी महिला २९ बर्षीया छिन्। उनले करिब १० बर्ष अघि विवाह गरेकि थिइन्। पतिको मृत्यु भएपछि घर छाडेर उनी डेरा लिएर बस्न थालेकि थिइन्। त्यहि समयमा एक १४ बर्षे किशोरसँग भेट भयो। सम्बन्ध अगाडि बढ्दै गएपछि शारीरिक सम्बन्ध हुँदै गयो। मुद्धा अदालत समक्ष पुग्दा महिलाको गल्ती देखियो |

वास्तविकता बाहिर आएपछि प्रहरीले किशोरलाई छोडेर महिलालाई पक्राउ गर्यो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!