चन्द्रमामा पानी भेटिएको नासाको दाबी

Posted on: 27 Oct, 2020

कात्तिक ११, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पानी भेटिएको दाबी गरेको छ । चन्द्रमाको दक्षिण ध्रुवको एक खाल्डोमा पानी फेला परेको नासाको दाबी छ ।

चन्द्रमामा पानीको खोज नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले गरेको हो । यो पानी सूर्यको किरण पर्ने क्षेत्रमा रहेको क्लेभियस क्रेटरमा भेटिएको नासाले जनाएको छ ।

नासाको स्ट्रोटस्फियर अब्जरभेटरी फर इन्फ्रारेड एस्ट्रोनोमीले चन्द्रमाको सतहमा हालै भेटिएको पानीको मात्र सहारा मरुभूमीमा रहेको पानीभन्दा १ सय गुणा कम रहेको जनाएको छ ।


नासाका अनुसार चन्द्रमाको सतहमा यसअघि गरिएको परीक्षणमा हाइड्रोजन ग्यास रहेको पत्ता लागेको थियो । तर त्यतिबेला हाइड्रोजन र पानी बन्नका लागि आवश्यक अवयव हाइड्रोक्सिलको गाँठो फुकाउन नासाका वैज्ञानिकहरुले सकेका थिएनन् । तर अहिले पानी पाइएको पुष्टि नासाले गरेको छ । तर वायुमण्डल नै नभएको ठाउँमा पानी कसरी भेटियो भन्ने प्रश्न उब्जिएको छ ।

नासाले गरेको पानीको यो पछिल्लो खोजको नतिजा नेचर एस्ट्रोनोमीको नयाँ अंकमा प्रकाशित भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!