यहाँ हरेक बिहान भेटिन्छन सडकमा मान्छेको लाश (कम्जोर मुटु हुनेहरुले नहेर्नुस्)

Posted on: 11 Aug, 2016

एजेन्सी | होलिडे मेकर्सहरुको निकै मनपर्ने ठाउँ मध्ये गनिने मेक्सिको स्थित अकापुल्को शहर अब युद्ध क्षेत्रको रुपमा स्थापित भएको छ । पछिल्लो केहि बर्षमा यहाँ लगातार बिभिन्न सामुहिक युद्ध र प्रहरी इन्काउन्टर र हिंशक घटना भएका छन् ।

फोटोग्राफमा यहाँ हामी पछिल्लो दुई महिनाको स्थिति देखाउँदै छौं, जसमा सडकको जताततै लाश र हिंसा देख्न सकिन्छ । ड्रग्स र सामुहिक फाइटको लागि पछिल्लो समय निकै तनाबपूर्ण बनेको छ यो सहर...

- मेक्सिकोस्थित पेसिफिक कोस्टमा रहेको अकापुल्लो विश्वकै सबैभन्दा खतरनाक शहरमध्ये टप फाइवमा पर्छ ।

- यो शहर ड्रग्सको कारोबारको लागि प्रख्यात शहर बनिसकेको छ, जसको कारण यहाँ दैनिक हिंशाको घटना हुनु साधारण हो । 

- यहाँ आजकाल हुने ग्यांगवारमा परेर निर्दोष मानिसहरुले समेत आफ्नो ज्यान गुमाउनु परेको छ ।

- ७१ बर्षको पेड्रो रमीरेजको अनुसार, रातको समय यहाँ कर्फ्यू जस्तो स्थिति हुन्छ । कोहि पनि घरबाट निस्कदैनन् । जब बिहान हुन्छ तब सडकको हाल निकै भयाबह हुन्छ । सडकमा मानिसहरुको लाश देखिनु स्वभाविक जस्तो हुन्छ । 

- यहाँ आठ लाख भन्दा बढी जनशंख्या रहेको छ ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!