जहाजबाट समुद्रमा खसेको ३८ घण्टापछि एक महिलाको जिवितै उद्धार

Posted on: 16 Aug, 2016


साउन ३२, काठमाडौं । पानी जहाजबाट समुद्रमा खसेकी एक चिनियाँ महिलालाई ३८ घण्टापछि जिवितै उद्धार गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनको सांघाईमा बस्ने फान नाम गरेकी महिला जहाजको करिव ७ तले अग्लो भवन जतिकै अग्लो स्थानबाट समुन्द्रमा खसेकी थिइन् । जहाजको छेउ भागबाट समुद्रको दृश्य नियालीरहेकी उनि अकस्मात समुन्द्रमा खसेकी थिईन् ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार समुन्द्रमा खसेकी उनले सुरुमा समाउनको लागि केही पाईनन् । त्यसैकारण उनलाई समुन्द्रको छालले बगाएको थियो । उनले समुन्द्रमा धेरै संघर्ष गर्नुपर्यो । उनी लामो समय समुन्द्रमा डुव्दा पनि सकुशल रहेन सकेकामा सामाजिक सञ्जालहरुमा आश्चर्य व्यक्त गरिएको छ । जसलाई चमत्कारको संज्ञा पनि दिइएको छ ।

रिपोर्टहरुका अनुसार फानले विश्वविद्यालयमा खोला सम्बन्धि अध्ययन गरेकी थिइन् । उनले पाँच वर्षको उमेरदेखि पौडी खेल्न थालेकी थिइन् । समुन्द्रमा छालमा बगेकी उनले केहि बेरपछी भाग्यबस उनले माछा मार्ने एउटा जहाँज भेटिन् र त्यसैको सहारामा उनि बाच्न सकीन् । 

उनिसंगै जहाँजमा रहेका फानका आमा बुबाले कयौं घण्टासम्म आफ्नी छोरी हराएको थाहा पाएका थिएनन् । उनि जहाजमा नरहेको थाहा पाएपछि उनलाई १०० भन्दा बढी भोलेन्टिएरको सहयोगमा खोजि कार्य गरिएको थियो । जब फानका बाबुले आफ्नी छोरीको आवाज फोनमा सुनेनन् तवसम्म छोरी जिवितै रहेकोमा उनलाई शंका थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!