१७ महिनादेखि गर्भवती छिन् यी महिला, किन जन्मिएन ९ महिनामै बच्चा ?

Posted on: 19 Aug, 2016

हुनान (चीन) |  चीनकि एक महिलाले १७ महीमादेखि उनको गर्भमा बच्चा रहेको दावी गरेकी छीन् । उनको भनाई  छ  कि डाक्टरले प्लेसेन्टा बिकसित नभएको कारण डेलिभरी रोक्का गरिदिएका थिए । तर, ति महिलाको कुरालाई अन्य डाक्टरहरुनै अचम्मित हुँदै उनको कुरामा सत्यता नभएको दावी गर्दै आएका छन् ।

चीनमा हुनानस्थित बस्ने ति महिला वांग शीको दावीलाई  लिएर चीनका अधिकांश संचार माध्यमहरुले समाचार छापेका छन् । वांगको अनुसार उनि गत बर्ष फेव्रुअरीमा प्रेगनेन्ट बनिन र उनको डेलिभरीको मिति नोभेम्वरमा थियो । 

जब उनि डेलिभरीको लागि डाक्टरकोमा गइन्, तब डाक्टरहरुले भने उनको बच्चा पूर्ण बिकसित भईसकेको छैन । उनले बताए अनुसार १४ औं महीनासम्म डाक्टरहरुले बच्चाको बिकास राम्ररी नभएको भन्दै अप्रेशन गर्न अस्विकार गरे । 

अब उनि गर्भवती बनेको १८ महिना पुरा हुँदैछ र उनि अब भने बच्चाको जस्तो अवस्था भएपनि अप्रेशन गर्ने तयारीमा छिन् । उनि भन्छिन- 'अब बच्चा नै बिकसित नभएपनि बच्चाको जन्म दिन्छु ।' वांगले आफ्नो यो बिषयलाई प्रमाणित गर्नको लागि सरकारद्वारा जारी भएको अफिशियल कागजपत्रहरु समेत देखाएकि छिन । ति डक्युमेन्ट्समा वांगलाई डेलिभरी हुनको लागि सरकारले समेत स्वीकृती दिएको छ । रिपोर्टमा डेलिभरीको स्थिति नभएको कारण डेलिभरी नगराईएको उल्लेख छ ।

वांगको यो पनि दावी छ कि उनले अहिलेसम्म ३० पटक भन्दा बढी चेकअप गराईसकेकि छिन् । डाक्टरहरुले उनको डेलिभरी पछी सबै बास्तबिकता बाहिर आउने बताएका छन् । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!