सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको आज दोस्रो दिन, भिजाईएका बिरुडालाई धुने काम सम्पन्न

Posted on: 23 Aug, 2016

ललित बोहरा । भदौ ७, डडेल्धुरा | सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको दोश्रो दिन अन्र्तगत मगंलबार नजिकको धारा, कुवा तथा तलाउमा गएर ब्रतालु महिलाहरुले बिरुडा धुने काम गर्दछन । 

सोमबार विधिपूर्वक भिजाएका बिरुडालाई आज धुने चलन रही आएको छ । तर पात्रोमा मगंलबार बिरुडा पञ्चमी उल्लेख भएकाले कतिपय अलमलमा परेका छन् । घडीपालाका हिसाबले सोमबारनै बिरुडा पञ्चमी परेको राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराका अध्यक्ष देवराज भट्टले बताएका छन । ब्रतालु महिलाहरुले बिहानै नुवाई धुवाई गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । धान, साउँ, तील, अपामार्ग लगायतका बोटहरुबाट गौराको प्रतिमूर्ती बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रही आएको छ । नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तीलाई विभिन्न फाग सहित बिरुडाले पूजा गर्ने चलन रही आएको छ । 

आजको दिनलाई स्थानीय भाषामा नानी गौरा भन्ने चलन समेत रहेको छ । ब्रतालु महिलाहरुले भोली अमुक्ताभरण सप्तमीको दिन गौरालाई नजिकको गौरा घरमा भित्र्याउने गर्दछन् भने दुर्वाष्टमीको दिन गौरा खलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!