१७ बर्षीय अभागी प्रेमी जो प्रेमिकाको टोकाईबाट मरे

Posted on: 02 Sep, 2016

'समाचार पनि के हावा तालको लेख्छ' यो अनलाइनले भनेर सोसियल पेजमा लेख्ने हाम्रा पाठकहरुलाई फेरी अर्को समाचार छ । जो झट्ट शिर्षक पढ्दा असत्य लाग्न सक्छ तर यस समाचार भित्र यथार्थता छ । 

समाचार अमेरिकाको न्यु मेक्सिकोको हो । जहाँ प्रेममा परेका जोडीहरु एकअर्कामा मायाँमा लिन बन्दैगर्दा प्रेमिकाको तर्फबाट 'लभ बाइट' अर्थात मायालु टोकाईको अवस्था आयो । तर प्रेमिकाको त्यो मायालु टोकाईनै प्रेमीको लागि कलिलो उमेरमै मृत्युको कारण बन्यो ।

कुनैपनि गर्लफ्रेन्डले आफ्नो मायालु प्रेमीलाई मरोस् भनेर त किन टोक्छीन् होला र ? तर उनको टोकाईकै कारण अभागी प्रेमीको १७ वर्षकै उमेरमा ज्यान गुम्यो । न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ बर्षीया प्रेमिकाको साथ डेटिंगमा थिए । डेटिंगकै क्रममा उनीहरुबीच मायालु टोकाई भएको थियो ।  डेटिंगपछी घर आएका ति युवा आफ्नो परिवारसँगै डिनर लिनका लागि घरमा बसेका थिए । अचानक उनको शरीरमा ऐठन भयो । अचानक उनलाई तीब्र रुपमा दुखाईको महशुष भयो । उनलाई तत्कालै अस्पताल पुर्याइयो तर डाक्टरहरुले उनलाई बचाउन सकेनन् ।

डाक्टरहरुको अनुसार साधारण टोकाईकै कारण गोन्जालेजको गर्धनमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्कसम्म पुगेपछी उनलाई मस्तिष्कघात भयो र उनको मृत्यु भयो । गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका फरार रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!