‘९ वर्षसम्म तीन हजार पटक आफ्नै बुबा र भाईबाट लुटिएकी छु’

Posted on: 07 Sep, 2016

९ वर्षसम्म आफ्नो बुवा र भाईबाट एक युवती बलात्कृत भएकी छिन् । अर्को आश्चर्यको कुरा उनको आफ्नै आमाले उनलाई आठ पटक गर्भपतन गराएकी छिन् । ६ सेप्टेम्बर, २०१३ को भारतको लखनउमा भएको घटना हो यो । उनले उक्त दिन कहिल्यै भूल्न नसक्ने बताएकी छिन् । पीडित युवतीले सोही दिन न्याय पाएकी थिइन् ।

सन् १९८८ जुलाई १८ मा जन्मिएकी निधि (नाम परिवर्तन)ले १४ वर्षको हुँदा मावलाबाट आफ्नो घर गएकी थिइन् । उनको बुवा आमाले नयाँ घर किनेपछि उनी घरमा आएकी थिइन् । नयाँ घरमा सर्ने बित्तिकै उनको बुवा सदन सिंह बिरामी परे । मेडिकल उपचारले निको नभएपछि उनीहरु तान्त्रिक कहाँ पुगे ।

तान्त्रिकले बुवा बिरामी हुनका कारण छोरी भएको बताए । तान्त्रिकले यस्तो अनौठो उपाय भनेकी उक्त तान्त्रिक दोखबाट छुटकारा पाउनका लागि आफ्नै छोरीसँग शारीरिक सम्बन्ध गर्नु पर्छ भन्ने उपाय बताइदिए ।

अशिक्षा र गरीवीले पछि परेको गाउँलेले उक्त कुरालाई विश्वास गरे । छोरीले बरु बिष दिएर मार तर आफूबाट यस्तो कुकर्म सम्भव छैन भनिन् । अन्तिमको उनको केही लागेन । उनकै आमाले छोरीलाई घरभित्र बुवासँग थुनिराखेर आमा काममा जान थालिन् ।

निधीले शारिरिक सम्बन्ध गर्न नमानेको दिन आमा बुवा दुबै भएर उनलाई कुट्थे । सहरमा पढ्न बसेको उनको भाइ आइपुग्यो । निधिले सम्पूर्ण यथार्थ भाइलाई सुनाईन् । उनले भाईबाट उद्धारको आशा गरेकी थिइन् । तर, त्यस्तो भएन ।

समाचारमा उल्लेख भएअनुसार भाईले पनि उनीसँग शारिरिक सम्बन्ध बनाउन थाले । ‘९ वर्षसम्म लगातार आफ्नै बुवा र भाईबाट बलात्कृत भएकी छु। ८ पटक आमासँगै गएर गर्भपतन गराएकी छु,’ नीधिले भनेकि छिन् ।

यसरी पाइन् निधीले न्यायः

६ सेप्टेम्बर २०१३ मा बेरोजगारी भत्ताको फारम भर्ने बाहानामा उनी घरबाट भागिन् र अखिलेश यादव नाम गरेको व्यक्तिको सम्पर्कमा पुगिन् । त्यसपछि मुद्धा प्रहरीमा पुग्यो । स्थानीय सरकारी अधिकारीहरुले उनको मुद्धामाथि अनुसन्धान गर्न थाले । त्यसपछि प्रहरीको सहयोगमा आमा, बुवा र भाईलाई जेल पठाउन उनी सफल भइन् ।

त्यसपछि उनी लक्ष्मी बाई पुरस्कारले सम्मानित भइन् । उनले आशा नामक एक एनजीओको सहयोगमा व्युटिसियन कोर्ष सिक्न थालिन् । हाल उनलाई विभिन्न संस्थाहरुले ब्यूटि पार्लर खोलिदिएका छन् । त्यही आफ्नो ब्यूटिपार्लरमा राम्रो कमाई गरिरहेको समाचारमा उल्लेख छ । -एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!