प्रदेश १ को पहिलो बैठकमै लिम्बुवान र खम्बुवान नामाकरण गर्न माग

Posted on: 05 Feb, 2018

माघ २२, विराटनगर । आज बिराटनगरमा प्रदेश १ को प्रदेशसभा बैठक जारी छ । प्रदेशसभाको पहिलो बैठकमा बोल्दै संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश १ लाई लिम्बुवान र खम्बुवान प्रान्त घोषणा गर्न माग गरिन् ।

प्रदेश १ मा संघीय लिम्बुवान पार्टीकी एक्ली प्रदेश सांसद बनेकी तुम्बाहाम्फेले मुलुकमा १० प्रदेश निर्माण गर्नुपर्ने, मधेसी, मुस्लिम, आदिवासी र दलित समुदायको समानुपातिक सहभागीता ग्यारेन्टी गर्न समेत माग गरेकी छन् । उनले धरानको विजयपुरलाई लिम्बुवानको राजधानी भन्दै त्यहाँ खानेपानी ट्याङ्कीको निर्माण बन्द गर्न माग गरेकी छन् । उनले यस अघि नै राजधानीका लागि बिराटनगर उपयुक्त नभएको बताएकि थिइन्इ । उनले ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान नाम र राजधानी बिजयपुरमा हुनुपर्ने बताएकी हुन् ।

त्यस्तै उनले विजयपुरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पनि माग गरेकी छन् । त्यस्तै इलामको सिलौटीमा किराँतहरुको धार्मिक स्थल नजिकै नेपाली सेनाको ब्यारेक हटाउन पनि उनले माग गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!