इटहरीमा ६ करोडको लागतमा चलचित्र घर

Posted on: 15 Jun, 2018

असार १, इटहरी | सुनसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ । 

इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवन’को आज उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गर्नुभयो । 

सो भवनमा दुईवटा प्रदर्शन हल रहेका छन् । एउटा हलको क्षमता २०८ जना अटाउने तथा अर्को हलको क्षमता १०८ जना अटाउने रहेको छ । चलचित्र निर्माता छवि ओझा, चलचित्र वितरकका रुपमा कार्यरत कुवेर शर्मा र कलाकार पृथ्वी प्रसार्इं लगायतको लगानीमा सो हल सञ्चालनमा आएको हो । 

इटहरीमा यसअघि सञ्चालनमा रहेका श्रीकृष्ण टाकिज र पशुपति चलचित्र भवन हाल बन्द छन् । उपमहानगरपालिकामा व्यवसायी रेवती दुलालले सञ्चालन गर्नुभएको दुईवटा हल सहितको चलचित्र भवन सञ्चालनमा छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!