तत्काल संविधान संशोधन गर्नुपर्छ: भट्टराई

Posted on: 04 Oct, 2016

इनरुवा, १८ असोज । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताएका छन् । 

सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित ‘संविधानको एक वर्षः कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयको अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री डा भट्टराईले धर्मनिरपेक्षता, लोकतन्त्र र सङ्घीय गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेकामा जोड दिए । 

संयोजक डा भट्टराईले देशको आवश्यकता र शान्ति कायम गर्नका लागि मधेसी, थारु, आदिवासी, जनजाति लगायतका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र सबैको अपनत्व झल्किनुपर्नेमा जोड दिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!