२० रुपयाँको कारण स्थगित भएको निर्वाचन अझै सुरु भएन

Posted on: 12 Dec, 2017

मंसिर २६, सुनसरी | सुनसरी ३ मा मतगणना गन्ने क्रममा मतपेटिकामा पैसा र अर्धकट्टी सहितको मतपत्र भेटिएपछि हिँजोदेखि मतगणना स्थगित भएको अझै कुरा नमिल्दा स्थगित नै छ । मत पेटिकामा अर्धकट्टी सहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएको थियो । विवादले उग्र रुप लिएपछी मतगणना स्थागित गरिएको थियो ।

बिबाद मिलाउन दलका प्रतिनिधि र उम्मेदवारलाई तयार भएका छैनन् । दुवै पक्षको आ-आफ्नो तर्कको कारण अहिलेसम्म मतगणना सुचारू हुन सकेको छैन । सुनसरी–३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार र बामपन्थी गठबन्धनबाट नेकपा एमालेकी नेत्री भगवती चौधरी प्रतिस्पर्धामा छन् । मतगणना स्थगनअघिसम्म भगवतीले १५५ मतले अग्रता लिएकि छन् । अर्धकट्टीसहितका रुखमा एकछापे मतपत्र भेटिएपछि चौधरीले गणना स्थगितका लागि आवेदन गरेकी थिइन् । त्यस अघि मत पेटिकामा २० रुपयाँको नोट भेटिएको थियो । मतदाताले मतमा २० रुपयाँ हालेको हुनसक्ने आंकलन भए पनि अर्धकट्टीसहित रुखमा हालिएको ९ मत बदर गर्ने बिषयमा कुरा मिलन नसकेको हो । 

दोस्रो संविधानसभाको निर्वाचनमा चौधरी ३ सय मतले पराजित भएकी थिइन् । तर यहाँ बामपन्थीको साथ उनलाई छ  । माओवादी केन्द्रले समेत मत दिँदा उनले जित्न सक्ने आंकलन थियो तर मतपेटिकामा अर्धकट्टीसहितको मतपत्रको कारण आशंका उत्पन्न गराएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!