गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै, गच्छदार अगाडी कि भगवती ?

Posted on: 12 Dec, 2017

मङ्सिर २६, काठमाडौँ । दुई दिनदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ को मत गणना सुरू भएको छ । 

पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदार भन्दा १७४ मतले अगाडि छिन् । 

मतगणनाका क्रममा एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि सोमबार बिहानदेखि मतगणना स्थगित भएको थियो । मतगणनाका क्रममा नौवटा रुख चिन्हमा छाप लागेको अर्धकट्टीसहितको मतपत्रलाई निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले सदर गरेपछि एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएकी थिइन । त्यस लगत्तै मतगणना अवरुद्ध भएको थियो । 

मतगणनाको क्रममा धाँधली गर्न खोजेको भन्दै एमाले उम्मेदवार चौधरीले मत गणना वहिष्कार गरेपछि सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा र सोही क्षेत्रको प्रदेशसभातर्फ (ख) निर्वाचन क्षेत्रको मत गणना स्थगित भएको थियो । 

मतगणना स्थगित भएपछि कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताले मतगणना स्थलमा नाराबाजी गरेपछि झडपको स्थिति सिर्जना भएको थियो । उक्त क्षेत्रमा अझै १७ हजार मत गणना गर्न बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!