समाज | सुनसरी - SNS


नेपाल प्रहरी र भारतीय डाँकाबीच गोली हानाहान, एकको मृत्यु

Posted on December 10, 2018 | views : 247 | सुनसरी - SNS

मङ्सिर २४, इनरुवा (रासस) | सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार/पाँच जनाको समूहमा आएको ड

Read More

सुनसरीमा छुरा प्रहारबाट मनी ट्रान्सफरका सञ्चालक घाइते

Posted on November 29, 2018 | views : 119 | सुनसरी - SNS

मङ्सिर १३, इनरुवा | सुनसरीको इटहरी उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालक अपरिचित व्यक्तिको छुरा प्रहारबाट बुधबार घाइते हुनुभएको छ ।  मनी ट्रान्सफरमै आएका दुई अपरिचित व्यक्तिले सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्

Read More

दिनदहाडै मनि ट्रान्सफर सञ्चालकमाथि छुरा प्रहार

Posted on November 28, 2018 | views : 213 | सुनसरी - SNS

मंसिर १२, काठमाडौं । इटहरीमा मनि ट्रान्सफर सञ्चालकमाथि छुरा प्रहार भएको छ । इटहरी उपमहानगरपालिका ९ हटियालाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरका सञ्चालक संखुवासभाका २८ वर्षका सविन दाहालमाथि कार्यालयभित्रै नै छुरा प्रहार भएको हो । छुरा प्रहारबाट घाइते भएका दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 921 | सुनसरी - SNS

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

हुसेन हत्या प्रकरण: ६ भारतीय नागरिक पक्राउ

Posted on November 21, 2018 | views : 522 | सुनसरी - SNS

मङ्सिर ५, काठमाडौ | सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको छ । ईटा उद्योगका सञ्चालक रहेका हुसेनको हत्याको आसंकामा प्रहरीले ६ भारतीय नागरिक पक्राउ परेका छन् । आज विहान बजारमा अज्ञात समूहले हुसेन माथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भ

Read More

नेपाल भारतमैत्री मुसायरा कार्यक्रम

Posted on November 19, 2018 | views : 76 | सुनसरी - SNS

मङ्सिर ३, इनरुवा | सुनसरीको हरिनगर गाउँपालिका– १ रामनगर, भुटाहामा पहिलोपटक नेपाल भारतमैत्री मुसायरा कार्यक्रम आज बिहान सम्पन्न भएको छ ।  विभिन्न स्थानीय तह र हरिनगर गाउँपालिकाका विभिन्न सङ्घ संस्थाको सहयोग तथा एलाइन्स नेपालको संयोजनमा आइतबार साँझबाट शुरु भएको कार्यक्रम आज बिहानै सम्पन्न भएको आय

Read More

नक्कली सुन बिक्रि गरि ४० लाख ठग्ने १ महिलासहित ६ जना काठमाडौँबाट पक्राउ

Posted on November 12, 2018 | views : 349 | सुनसरी - SNS

कार्तिक २६, काठमाडौं । काठमाडौंमा नक्कली सुन बिक्रि गरि ठगि गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ | एक किलो नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा धापासी च्यासीडोल बस्ने धरान-१७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला-३५ बस्ने जनकपुर ९ धनुष

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 1410 | सुनसरी - SNS

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

डान्स सिकाउने गुरुबाटै मन्दिरमा लगेर बालिका बलात्कृत

Posted on October 27, 2018 | views : 378 | सुनसरी - SNS

कात्तिक १०, इटहरी - गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्ल्बले तिहारका लागि नृत्य सिकाउन थालेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।  त्यो दिन सहभागी बसैजना नृत्य सिक्न थाले । न

Read More

सुनसरीमा चालक अनुमतिपत्र सहज बन्दै

Posted on October 25, 2018 | views : 157 | सुनसरी - SNS

कात्तिक ८, इटहरी | यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ ।  दुई, तीन र चार चक्के सवारीसाधनको चालक अनुमतिपत्र सेवाग्राहीले सर्वसुलभ रुपमा पाउन भनेर फर्म भर्ने कार्यसमेत अनलाइनमार्फत गर

Read More

सुनसरीमा बेपत्ता भएको चार दिनपछि १६ वर्षीय किशोर मृतावस्थामा फेला

Posted on October 02, 2018 | views : 219 | सुनसरी - SNS

असोज १६, इनरुवा | विगत चार दिनदेखि घरबाट बेपत्ता भएका सुनसरी इटहरी उपमहानगरपालिका–११ का १६ वर्षीय इन्ताज खानको शव आज बिहान फेला परेको छ ।  सुनसरी खनारस्थित बूढी खोला किनारको धान खेतमा शरीरको आधा भाग डढेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  शुक्रबारदेखि

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 31000 | सुनसरी - SNS

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 4345 | सुनसरी - SNS

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

सुनसरीमा भारतीय समुहद्वारा गोलि प्रहार, एक जनाको मृत्यु

Posted on September 20, 2018 | views : 325 | सुनसरी - SNS

असोज ४, इटहरी | सुनसरीको भुटाहा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैयान पब्लिक स्कुलका शिक्षक तथा संचालक  ४५ वर्षीय खुर्सिद आलम रहेका छन् । आलममाथि भारतीय समूहले गोली प्रहार गरेको स्थानीयले दावी गरेका छन्। भारतबाट आएका चारजनाको समूहले बिहान करिब सा

Read More

२४ बर्षीया महिला बलात्कृत, अर्धचेत अवस्थामा नग्न फेला

Posted on August 27, 2018 | views : 1548 | सुनसरी - SNS

भदौ ११, इनरुवा (रासस) | सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् ।  शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीय ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिन

Read More

तराई मधेशमा रक्षाबन्धनको उल्लास

Posted on August 26, 2018 | views : 722 | सुनसरी - SNS

अजयकुमार साह, भदौ १०, महेन्द्रनगर, धनुषा ।  जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुम

Read More

सुनसरीको देवानगञ्जमा एम्बुलेन्स सेवा सञ्चालनमा

Posted on August 25, 2018 | views : 96 | सुनसरी - SNS

भदौ ९, इनरुवा | सुनसरीको देवानगञ्ज गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।  गाउँपालिकाको पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले सेवा प्रारम्भ गरेको हो । औपचारिक कार्यक्रमका बीच शुक्रबार गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले देवानगञ्ज स्वास्थ्य चौकीलाई एम्

Read More

वन्यजन्तु पीडितलाई क्षतिपूर्ति

Posted on August 21, 2018 | views : 160 | सुनसरी - SNS

भदौ  ५, इनरुवा । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ ।  आर्थिक वर्ष २०७४÷७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई रु एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभ

Read More

सुनसरीमा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै

Posted on August 20, 2018 | views : 364 | सुनसरी - SNS

भदौ ४, इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको छ ।  जनप्रतिनिधि नभएको बेलामा जीर्ण रहेको विभिन्न सडकहरु बन्न थालेपछि स्थानीय बासिन्दाले विकास निर्माणले गति लिएको महशुस गरेका छन् । गाउँपालिका क्षेत्रभित्र एकै पटक सात वटा कालोपत्रे सडक बन्ने भएपछि ख

Read More

इटहरीबाट घुससहित कर्मचारी पक्राउ

Posted on August 18, 2018 | views : 121 | सुनसरी - SNS

भदौ २, इटहरी | इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।  होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट रु १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 3330 | सुनसरी - SNS

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

खोलामा डुबेर दुई बालबालिका बेपत्ता

Posted on August 07, 2018 | views : 294 | सुनसरी - SNS

साउन २२, इटहरी । स्थानीय झरना खोलामा डुबेर आज एकै परिवारका दुई बालबालिका बेपत्ता भएका छन् । सुनसरी रामधुनी नगरपालिका–५ स्थित सुनसरी मोरङ सिँचाइ नहरको उत्तरपट्टिको डिलमा घर भएका दिनेश खड्काको ९ वर्षीय छोरा अश्विन र ११ वर्षीया छोरी सिर्जना बिहान घरमा खाना खाएर भाँडावर्तन धुने क्रममा खोलामा बगेर बेपत्त

Read More

अवैध सुपारीसहित सुनसरीबाट एक जना पक्राउ

Posted on August 06, 2018 | views : 378 | सुनसरी - SNS

साउन २१, इनरुवा | जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ ।  जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित एक जनालाई पक्राउ गरेको सुनसरीका प्रह

Read More

सूचनाको हकबारे पत्रकारलाई प्रशिक्षण

Posted on August 03, 2018 | views : 112 | सुनसरी - SNS

साउन १८, इटहरी | राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी अधिकारका विषयमा जिल्ला तहमा प्रशिक्षक प्रशिक्षण उत्पादन गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण तालीम आजबाट यहाँ प्रारम्भ भएको छ ।  पूर्वी नेपालको झापा मोरङ सुनसरी र धनकुटा जिल्लाको नेपाल पत्रकार महासंघका जिल्ला सभापति एवं

Read More

धनकुटामा एक युवकले छुरा प्रहार गरी आफ्नै साथीको हत्या गरेपछि...

Posted on July 26, 2018 | views : 955 | सुनसरी - SNS

साउन १०, धनकुटा । साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कार्कीछापमा आज बिहान छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । साँगुरीगढी गाउँपालिका–६ का १८ वर्षीय सुरज राईको सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीका १९ वर्षीय निशान लिम्बूले छुरा प्रहार गरी हत्या गरेका हुन् । भेडेटामा रहेको एभरेष्ट हो

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 3512 | सुनसरी - SNS

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

Posted on July 17, 2018 | views : 222 | सुनसरी - SNS

साउन १, धरान । ग्रान्डी अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको निधन भएको छ ।  निमोनियाबाट ग्रसित बनेका सुब्बाको उपचारको क्रममा अस्पतालमा  मंगलबार दिउँसो निधन भएको हो । ५२ वर्षिय सुब्बा मृगौलाको समस्याबाट समेत पीडित थिए । उनको दुवै मृगौला फेलियर भएपछि प्रत्यारोपण गरिएको थि

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 3180 | सुनसरी - SNS

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More