सुनसरीको एक उद्योगमा भिषण आगलागी, तीन जना उद्धारकर्मी घाईते

Posted on: 06 Dec, 2016

मङ्सिर २१, सुनसरी | सुनसरीको सोनापुरस्थित एक उद्योगमा मगंलवार साँझ भीषण आगलागी भएको छ । 

सोनापुर –३ मा रहेको हनुमन्त पोली प्याकमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएसँगै फ्याक्ट्री भित्र रार्खिका ग्यासका सिलिन्डर विष्फोट हुँदा आसपासका स्थानीयबासी आतंकित भएका छन् । ग्यास पड्कदा आगो निभाउँन पुगेका तीन जना उद्धारकर्मीहरुसमेत घाईते भएका छन् ।

घाईते हुनेहरुमा राज यादव, दिलिप चौधरी र अमृत श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।  आगो नियन्त्रणकोक्रममा उनीहरु घाईते भएका हुन । घट्नामा एउटा बोलेरो गाडी समेत जलेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!