बसको ठक्करबार एक जनाको मृत्यु

Posted on: 26 Dec, 2016

पुस ११, इनरुवा । सुनसरीको हरिपुर गाविस–५ मा आज बिहान बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

नाम थर पत्ता नखुलेको तराई मूलको जस्तो देखिने अन्दाजी ४०/४५ वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ७७९३ नंको बसले ठक्कर दिँदा उहाँको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । 

मृतकको प्रकृति हेर्दा मानसिक सन्तुलन ठीक नभएको वा मागी खाने हुन सक्ने अनुमान गरिएको छ । 

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!