योगी जोगी सेवा समाज नेपालको कार्यसमिति गठन

Posted on: 29 Jan, 2017


योगेन्द्र योगी/माघ १६, सुनसरी । योगी जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा लेख भेटिएको छैन तथापी वुढापाकाहरूका अनुसार योगी जोगीहरूको आदिम वसोवासको थलो कुनै निश्चित थिएन र केही पछिको थलो चाहिँ पुर्बी नेपालको तेह्रथुम जिल्ला रहेको मानिन्छ ।

यहिँ तथ्यहरुलाई मध्य नजर गर्दै  नेपाल भरी छरिएर रहनु भएको योगी जोगी दाजुभाइलाई एकीकृत गर्दै बिकृति र बिसङगतीबाट दुर रहि समुन्नत समाज र भात्रित्त्वको भावना जगाउने उदेश्यले सुनसरीको धरानमा आयोजनामा गरिएको  जोगी समुदायको पहिचान र समावेशीकरण “ बिषयक अन्तरक्रिया कार्यक्रममा सँस्था दर्ताका गर्ने तथा कृष्ण योगीको अध्यक्षतामा योगी जोगी सेवा समाज नेपालको कार्यसमिति गठन गरिएको छ । 

जसको उपाध्यक्षमा अनिल योगी, सचिवमा नवीन योगी ,उप(सचिवमा परेश जोगी र कोक्षाध्यक्षमा कविता जोगीलाई चयन गरिएको सचिव नबिन योगीले जानकारी दिए । त्यसै गरि सदस्यहरुमा क्रमश स् रण बहादुर जोगी, गंगा बहादुर योगी, साजन योगी, देवि माया जोगी र सुनीता कम्मरलाई चयन गरिएको छ । 


कार्यक्रममा बोल्दै अध्यक्ष कृष्ण योगीले आफ्नो जातिय पहिचान कहिले नभुल्ने र हाम्रो रितिरिवाज संस्कृतिमा ध्यान दिन सबै योगी जोगी जातिलाई आग्रह समेत गरे । अरु जातिय संघ संस्था संग समन्वय गरि जोगी योगी जातीको धर्म संस्कार र संस्कृतिको बिषयमा छलफल चलाउन आवश्यक रहेको सचिव नबिन योगीले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!