ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

Posted on: 06 Apr, 2017

चैत २४, इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्रयाक्टरको ठक्करबाट एक बालिकाकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हरिनगरा गाउँपालिका २ का दिनेश मण्डलकी दुई वर्षीया छोरी मनिषा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बाटो छेउमा खेल्ने क्रममा २ त ११२९ नं को ट्रयाक्टरले ठक्कर दिदाँ गम्भिर घाइते भएकी बालिकाको उपचारका क्रममा गोलडेन अस्पताल विराटनगर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!