पानीमा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु

Posted on: 19 Jun, 2017

असार ५, इनरुवा । सुनसरीको गढी गाउँपालिका–२ मा घर नजिकै पानी जमेको खाडलमा डुबेर एक नाबालिकाको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीयवासी हरिनारायण यादवकी डेढ वर्षीया छोरी राधिकाकुमारी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!