तीन सय ५० बाढीपीडितको निःशुल्क औषधोपचार

Posted on: 03 Sep, 2017

भदौ १८,सप्तरी । सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ । 

इनरुवा नगरपालिकाको संयोजनमा आज यहाँ आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका सञ्चालक प्रकाश मारुले जानकारी दिनुभयो । सो शिविरमा आएकामा श्वासप्रश्वास, रुघाखोकी, छाला चिलाइ र भाइरल ज्वरोका बिरामी थिए । शिविरमा विराटनगरका विभिन्न चिकित्सकले बिरामीको जाँचका साथै निःशुल्क औषधिसमेत प्रदान गरेका थिए । रासस (फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!