सुनसरीको भोक्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Posted on: 10 Sep, 2017

भदौ २५, सुनसरी। सुनसरीको भोक्राहा गाउँपालिकामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

नेपाल–बंगलादेश फ्रेण्डसिप सोसाइटी इन इस्टर्न नेपाल धरानको आयोजना र बंगलादेश दूतावासको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

केही दिन अगाडि आएको बाढीबाट पीडित भएकालाई लक्षित गर्दै शिविर सञ्चालन गरेको आयोजक संस्थाले जनाएको छ । शिविरमा करिब १०० जनाले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा उच्च रक्तचाप, मधुमेह र बालबालिकाका सबै किसिमको स्वास्थ्य परीक्षण गरिएको आयोजक संस्थाका डा खालिद हुसेन हकले जानकारी दिनुभयो । 

शिविरमा सेवा लिएकालाई निःशुल्क औषधिसमेत वितरण गरेको थियो । शिविरमा बंगलादेश दूतावासका प्रथम सचिव महबुबुल हकले नेपाल र बंगलादेशबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि बाढीपीडितलाई लक्षित गर्दै शिविर गरेको बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!