कांग्रेस सभामा बम विष्फोट: एक वर्षीय बालकसहित तीन घाइते

Posted on: 30 Nov, 2017

मंसिर १४, काठमाडौँ । सुनसरीको इटहरीमा अज्ञात समुहले नेपाली कांग्रेसको चुनावीसभालाई लक्षित गरेर बम विष्फोट गराएको छ । बिस्फोटमा तीन जना घाइते भएका छन् ।

इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर छ । घाइते सबैजनालाई उपचारको लागि धरानमा रहेको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको  छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!