सुनसरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on: 19 Jan, 2018

माघ ५, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । 

कोशी राजमार्गअन्तर्गत धरान–८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुचोक आउँदै गरेको को १ ख ६२७१ नम्बरको टिपरले सोही दिशाबाट आइरहेको को १८ प ३९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मगरको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो । 

मृतक मगरको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ भने टिपर चालक इलाका प्रहरी कार्यालय, धरानको नियन्त्रणमा रहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!