खोलामा डुबेर दुई बालबालिका बेपत्ता

Posted on: 07 Aug, 2018

साउन २२, इटहरी । स्थानीय झरना खोलामा डुबेर आज एकै परिवारका दुई बालबालिका बेपत्ता भएका छन् ।

सुनसरी रामधुनी नगरपालिका–५ स्थित सुनसरी मोरङ सिँचाइ नहरको उत्तरपट्टिको डिलमा घर भएका दिनेश खड्काको ९ वर्षीय छोरा अश्विन र ११ वर्षीया छोरी सिर्जना बिहान घरमा खाना खाएर भाँडावर्तन धुने क्रममा खोलामा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुनसरी मोरङ सिँचाइ आयोजनाको मूल नहर मुनिबाट बग्ने स्थानीय झरना खोलाको गहिरो भागमा बेपता भएका ती बालबालिकाको हुन सक्ने अनुमानका आधारमा प्रहरीले खोजी कार्यलाई तिव्रता दिएको छ । नहरको दक्षिणतिरको भागमा पनि उनीहरुको खोजी भइरहेकोे प्रहरीले जनाएको छ ।

दुबै बालबालिकाको खोजी कार्यमा ठूलो सङ्ख्यामा सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीय पौडीवाज र गोताखोर परिचालन भएको छ ।(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!