वन्यजन्तु पीडितलाई क्षतिपूर्ति

Posted on: 21 Aug, 2018

भदौ  ५, इनरुवा । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ । 

आर्थिक वर्ष २०७४÷७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई रु एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । आरक्षका जनावरको आक्रमणबाट मृत्यु भएका पाँच परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु ५० लाख, घाइते १८ जनालाई रु १३ लाख ४३ हजार, घर गोठ र अन्न नष्ट भएका १९४ परिवारलाई रु १९ लाख ६६ हजार, बालीनाली नष्ट भएका ४६१ परिवारलाई रु ३१ लाख सात हजार क्षतिपूर्ति उपलब्ध गराएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!