सुनसरीको देवानगञ्जमा एम्बुलेन्स सेवा सञ्चालनमा

Posted on: 25 Aug, 2018

भदौ ९, इनरुवा | सुनसरीको देवानगञ्ज गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । 

गाउँपालिकाको पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले सेवा प्रारम्भ गरेको हो । औपचारिक कार्यक्रमका बीच शुक्रबार गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले देवानगञ्ज स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । सुनसरीको पिछडिएको गाउँपालिका मध्य पर्ने देवानगञ्ज गाउँपालिकामा एम्बुलेन्स नहुँदा सर्वसाधारणलाई उपचारका लागि समस्या हुँदै आएको थियो । 

एम्बुलेन्सको अभावमा कतिपय बिरामीको अकालमा समेत मृत्यु हुने गरेको स्थानीयको भनाइ छ । गाउँमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!