बलात्कारको आरोपमा सिद्धबाबालाई पक्राउ गर्न अनुमति

Posted on: 29 Nov, 2019

मंसिर १३, काठमाडौँ | जिल्ला अदातल सुनसरीले शुक्रबार  बलात्कार अभियोगलागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पक्राउ पुर्जी जारी गरेको छ |

उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको हो | सुनसरीका जिल्ला प्रहरी कार्यालय प्रमुख उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको बताए | उनले एकजना अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको आरोप लागेको छ |

बिहीबार जिल्ला अदालत सुनसरीमा उनी बिरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!