सुनसरीमा आधुनिक हतियार सहित १० हजार गोली बरामद

Posted on: 22 Dec, 2019

पुस, ६ सुनसरी | सुनसरीमा प्रहरीले आधुनिक हतियार फेला पारेको छ | प्रहरीका अनुसार सुनसरी बराहक्षेत्र ५ मा एक स्थानीयको कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा एक थान एमएमजी र त्यसमा लाग्ने ९ हजार ९ सय ८२ वटा गोली बरामद गरिएको हो |

गोप्य सूचनाका आधारमा छापा मार्दा हतियार भेटिएको र यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!