एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

Posted on: 24 Dec, 2019

पुस ८, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको  प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिनुभयो  ।  

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख.३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको थियो ।  

ठक्करबाट  एम्बुलेन्स चालकसहित चार घाइते भएका र  घाइते भएकामध्ये तीनको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!