बस र माइक्रो एक आपसमा ठोक्किदा चारजनाको मृत्यु,६ जना घाइते

Posted on: 02 Feb, 2020

माघ १९, विराटनगर | सुनसरीमा माइक्रो र  बस एक आपसमा ठोक्किदा चारजनाको मृत्यु भएको छ भने,छ जना यात्रु घाइते भएका छन्  | आइतबार बिहान तितृबनामा हुस्सुका कारण माइक्रो र बस ठोक्किएको  जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले जनाएको छ |

इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् | प्रहरीका अनुसार दुर्घटनामा परि माइक्रोबसका चालक दिपक खडका, झापा भद्रपुरका ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ |

एकजना घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु थियो | उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाई छ | घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!