मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Posted on: 29 Mar, 2020

चैत १६, सुनसरी | सुनसरी सदरमुकाम इनरुवा–६ मा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे६प १८३० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका–६ का ४० वर्षीय विष्णुदेव यादव घाइते भएका छन् । गम्भीर घाइते भएका यादवको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!