रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

Posted on: 06 Oct, 2018

असोज २०, इनरुवा | सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । 

फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवु यादवले बताउनुभयो । 

सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेर खेलको तयारी पूरा भएको आयोजकले जानकारी दिनुभयो । प्रतियोगितालाई इनरुवा नगरपालिकाले प्रायोजन गरेको छ । मेयर कप टी ट्वान्टी ९२०० प्रतियोगिता इनरुवास्थित खेल मैदानमा हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहने जनाइएको छ । उद्घाटन खेल आयोजक फूलबारी क्रिकेट क्लब र बेलबारी क्रिकेट क्लबबीच खेल हुनेछ । खेल राति ७ बजेबाट शुरू हुने आयोजक संस्थाका अध्यक्ष यादवले बताउनुभयो । 

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रतियोगिता मुलुककै लागि गौरव भएको बताउँदै इनरुवालाई चिनाउनका लागि समेत रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!