कर्णाली प्रदेश सभा बैठक स्थगित

Posted on: 10 Oct, 2018

असोज २४, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । नेपाली कांग्रेसका सांसदले मंगलबार अवरोध गरेपछि स्थगत भएको बैठक बुधबार सूचना टाँसेर गरेर २६ गते दिउसो १ बजेसम्मका लागि स्थगत भएको हो ।

सरकारले हालसम्म पनि बजेटको रातो किताव उपलब्ध नगराएको, अत्यावश्यक विधेयहरु संसदमा पेश नगरेको र संसदलाई विजेनश नदिएर बन्धक बनाएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले सरकारसंग जवाफ माग गरेको छ । तर सरकारले वेव साइटमा राखेकाले तत्काल ल्याउन जरुरी नरहेको प्रतिक्रिया दिएपछि बुधबार बैठक बस्न नसेकेको प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।


गत साउन २५ गतेदेखि स्थगित संसद बैठक दुई महिनापछि मंगलवार बोलाइएको थियो । सरकार र मन्त्रीहरु उद्घाटन र गोष्ठीमा रमाउन थालेको भन्दै संसदलाई विजनेश नदिएर निष्कृय बनाउने काम गरेको नेता शाहीको भनाई छ ।

बैठक संचालनका लागि बुधबार सहमतिका लागि छलफल भएपनि प्रतिपक्ष दलले रातो किताव ल्याउन माग गरेको थियो । तर सहमति नजुटेपछि बुधबार बैठक बस्न नसकेको एक सांसदले बताए । संसद बैठकमा गाउँ तथा नगर सभा संचालन सम्वन्धी विधेयक पारित गर्ने कार्यसूची संचिवालयले तयार गरेको थियो । केही दिन बैठक संचालन गरेर संसदको दोस्रो अधिवेशन अन्त्य गर्ने तयारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!