नेविसंघले मुख्यमन्त्रीको गाडीमा माफिया सरकार मुर्दावाद लेखेपछि...

Posted on: 31 Jan, 2019

माघ १७, सुर्खेत । नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा माफिया सरकार लेखेर भागेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका शाहीको पार्किङ्ग गरेर राखेको गाडीमा विद्यार्थीहरुले माफिया सरकार मुर्दावाद लेखेर भागेका हुन् । 


सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको छ । सरकारले जनमुखीभन्दा जनताले सास्ती दिने हर्कतहरु गरिरहेकाले आन्दोलनमा उत्रिनु परेको नेविसंघले जनाएको छ । विरोध स्वरुप सुरक्षाकर्मीहरुको आँखा छलि मुख्यमन्त्रीको गाडीमा माफिया सरकार मुर्दाबाद लेखेर एक नेताले जानकारी दिए । उनका अनुसार संघको केन्द्रिय समितिले तय गरेका बिरोधका कार्यक्रम अनुसार सरकारी गाडीलाई बन्देज गर्ने कार्यतालिका अनुसार मुख्यमन्त्री शाहीको गाडीमा माफिया सरकार मुर्दाबाद लेखीएको हो । बिरोधकै क्रममा अन्तरगत आज (बुधबार) प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको नेविसंघ सुर्खेतले जनाएको छ । नेविसंघ सुर्खेतले चिकित्सा शिक्षा विधेयकको विरोधमा डा. गोविन्द केसी २२ दिनदेखि अनशनमा रहँदा पनि सरकार मौन भएको, प्रधानमन्त्रीले विपक्षी दलका नेतालाई थाहै नदिई संवैधानिक परिषद् बैठक गरेको, नेपाल वायुसेवा निगमले किनेका बाइडवडी प्रकरणमा भ्रष्टाचार छानबिन अघि नबढेकाले आफूहरूको आन्दोलन जारी रहने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!