चन्द नेतृत्वको गन्धले सुरक्षा निकाय त्रसित

Posted on: 09 Mar, 2019

दलसिंह गिरी | फागुन २५, सुर्खेत | नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको पछिल्ला गतिविधिलाई लिएर कर्णाली प्रदेशमा ठूलै बहस चलेको छ । 

प्रदेश राजधानी सुर्खेतमा संचालित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा चन्द नेतृत्वको नेकपाको विषयमा बहस चलेको हो । चन्द नेतृत्वके समुहलाई राजनैतिक दल वा कुनै उग्र उत्श्रृखल समुह भन्ने बारे प्रष्ट धारणा तथा स्पष्ट निर्देशन नहुँदा अप्ठ्यारोपरेको सुरक्षा निकाले जनाएको छ ।

कर्णाली प्रदेशका सबै जिल्लाबाट तीन वटै निकायका सुरक्षा प्रमुखहरु सहभागी गोष्ठीमा सहभागी प्रमुखहरुले  जिल्ला स्तरमा सबै भन्दा ठूलो चुनौती चन्द समूहको बढ्दो सक्रियता रहेको बताएका छन् ।

सुरक्षा चुनौतिको हकमा विशेषगरी कर्णाली प्रदेशका कालिकोट र सुर्खेत बढी चुनौती रहेको सुरक्षा निकायले बताएको छ ।  

संविधानमा प्रदेशको आन्तरिक सुरक्षाको जिम्मेवारी प्रदेश सरकारलाई तोकिए पनि उचित कानुन नबन्दा प्रदेशले आफ्नो जिम्मेवारी बहन गर्न पाएको छैन । यद्यपि, गोष्ठीमा चन्द समूहका केही नेताकार्यकर्तालाई उच्च निगरानी राख्ने निष्कर्ष निकालिएको स्रोतले बतायो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!