कर्णाली प्रदेश सरकारको निती तथा कार्यक्रममा जे देखियो

Posted on: 06 Jun, 2019

दलसिंह गिरी | जेठ २३, सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकामा भैरहेको विद्युत आपुर्तिमा समस्या देखि जुनकिरी झै  झिम झिमे विद्युत आपुर्तिले सेवाग्रहीलाई हैरानी पारिरहेको बेला कर्णाली प्रदेश सरकारले आफ्नो आगामी बर्षको नीति तथा कार्यक्रममा उज्यालो कर्णाली अभियान अगाडी बढाएको जनाएको छ । 

बुधबार एक कार्यक्रमका विच सार्बजनिक गरेको नीति तथा कार्यक्रममा उज्यालो कर्णाली अभियान अगाडी बढाएको जनाएको हो । कर्णाली प्रदेश प्रमूख दुर्गाकेशर खनालले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा केन्द्र सरकार सँग समन्वय गरी भेरी बबई वहुउद्देश्यीय जलविद्युत आयोजनामा लगानी गरि यस आयोजनाको बाँधबाट ९ मेगावाटको नयाँ जलविद्युत योजना निर्माण प्रक्रिया अगाडि बढाइने जनाएको छ । 

यस्तै डोल्पाको जगदुल्ला जलविद्युत आयोजनमा लगानी गरिने, साना जलविद्युत, वैकल्पिक उर्जा (सोलार, बायोग्यास, बायो उर्जा) आदिको सम्भाव्यता तथा विस्तृत अध्ययन गरी उज्यालो कर्णाली अभियानलाई सार्थक रुप दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


राजधानीमा खानेपानी आपुर्ति गर्न लिफ्ट अभियान  

कर्णाली प्रदेश राजधानी सुर्खेत उपत्यकामा बढ्दो जनघनत्व र खानेपानी आपुर्तिको श्रोतमा देखिएको समस्याका कारण खानेपानी अभावले काकाकुल भैरहेका बेला कर्णाली प्रदेश सरकारले आगामी बर्षको नीति तथा कार्यक्रममा एक घर एक धारा, अभियानको अवधारण अगाडी बढाउने भएको छ । एक घर एक घारा अभियानको अवधारणा अनुसार स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउन खानेपानी सुरक्षा योजना लागु गरी पानी प्रशोधन तथा परीक्षण प्रयोगशाला स्थापना गरिने, जनाएको छ । राजधानी शहर वीरेन्द्रनगरको खानेपानीको अभावलाई मध्यनजर गर्दै चिङ्गाड खोलाको पानी ल्याउनको लागि विस्तृत सम्भाव्यता अध्ययन गरिने साथै केन्द्र सरकारसँग समन्वय गरी यो समस्याको दीर्घकालीन समाधानका लागि बृहत् भेरी लिफ्ट खानेपानी आयोजना अगाडि बढाइने जनाएको छ ।

प्रमख पर्यटकीय गन्तव्य बनाउन गुरिल्ला देखी कस्तुरी पदमार्ग अभियान

कर्णालीलाई नेपालको प्रमख पर्यटकीय गन्तव्यको रुपमा विकासगर्न मुख्य पर्यटकीय स्थलहरु पहिचान गरी प्राकृतिक, सांस्कृतिक, धार्मिक, कृषि तथा वन पर्यटन, साहसिक पर्यटन परिपथ, होमस्टे लगायतका पर्यटन क्षेत्रहरुको विकास र विविधिकरण गरिने, विकट तथा उच्च हिमाली क्षेत्रको पदमार्गमा बिसाउनी तथा आराम घर बनाउने, पदमार्गको स्तरोन्नति र दिगो पूर्वाधार निर्माणको मापदण्ड बनाई विकास तथा विस्तार गरिने, निजी क्षेत्रसँगको साझेदारीमा कर्णाली हवाई सेवा सञ्चालन गरिने, केन्द्र सरकारसँग समन्वय गरी दुर्गम क्षेत्र सेवा कोषबाट उडान अनुदान प्राप्त गरी सुर्खेतलाई केन्द्र बनाई प्रदेश राजधानीबाट जिल्ला तथा संघीय राजधानीमा दैनिक नियमित उडान हने व्यवस्था मिलाइने, पर्यटकहरुलाई थप आकर्षण गर्न प्रवद्र्धनात्मक र प्रचारात्मक कार्यलाई निरन्तरता दिईने बृहत् हिमालय पदमार्गको यस प्रदेशमा पर्ने खण्डलाई

आकर्षक पर्यटकीय पदमार्गको रुपमा विकास गरिने, केवलकार, गुरिल्ला पर्यटन पदमार्ग, बाह्रदेउ भ्यू टावर, नाउर तथा कस्तुरी पदमार्गको सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिने जनाएको छ । यस्तै स्थानीय युवालाई पर्यटक सहयोगी तालीम तथा विभिन्न पर्यटकीय सर्किटहरुमा पर्यटकीय सुचना केन्द्र स्थापना गरिने, हिमाली क्षेत्रको पदयात्रामा सुरक्षालाई प्राथमिकता दिइने, पर्यटन विकास तथा प्रवद्र्धन, साहसिक खेलकुदमा आधारित ¥याफि ्टङ्ग, माउण्टेन बाईक, पदयात्रा तथा जलयात्राका लागि उपयुक्त स्थान छनौट र विकासबाट आयआर्जन, रोजगारी सृजना, पर्यटकको बसाई अवधि तथा खर्च गर्ने अवसरहरुमा वृद्धि गर्न साझेदार निकायहरु समेतको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ ।


जोखिममा परेका सुत्केरी आमालाई हवाई उद्धार सेवा

हुम्ला, डोल्पा, मुगु, कालिकोट र जाजरकोट जिल्लाका जिल्ला सदरमुकाम रहेका पालिका बाहेकका स्वास्थ्य संस्था नभएका वडाहरुमा  अत्यावश्यक उपकरणसहित तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, जोखिममा परेका गर्भवती तथा सुत्केरी आमा र बच्चाको जीवन रक्षाका लागि हवाइ उद्धार सेवा सञ्चालन गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । कामको सृजना, रोजगारीको अवसर, ज्यालामा सुधार गरी श्रमप्रति सम्मान गर्दै समृद्ध कर्णाली प्रदेश निर्माणमा युवाको भूमिकालाई स्थापित गर्ने सरकारको नीति छ ।

कर्णालीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न मुख्य पर्यटकीय स्थलहरु पहिचान गरी प्राकृतिक, सांस्कृतिकलगायतका पर्यटन क्षेत्रहरुको बिकास गर्ने सरकारको लक्ष्य छ । विकट तथा उच्च हिमाली क्षेत्रको पदमार्गमा बिसाउनी तथा आराम घर बनाउने, पदमार्गको स्तरोन्नति र दिगो पूर्वाधार निर्माण गर्ने, कर्णाली हवाई सेवा सञ्चालन गर्ने, सुर्खेतलाई केन्द्र बनाई प्रदेश राजधानीबाट जिल्ला तथा संघीय राजधानीमा दैनिक नियमित उडान हुने व्यवस्था मिलाउने सरकामरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नागरिक र सरकार बीचको सम्बन्ध जीवन्त राख्न हाम्मा कुडा हाम्मा मुख्यमन्त्री कार्यक्रम

नागरिक र सरकार बीच जीवन्त सम्बन्ध स्थापित गर्न र आमजनताले आफ्ना कुराहरु सरकार समक्ष प्रत्यक्ष राख्नको लागि “हाम्मा कुडा हाम्मा मुख्यमन्त्री” कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै प्रदेश प्रहरी गठन गरी आवश्यक पर्ने तालीम, भौतिक पुर्वाधार, स्रोत साधन र उपकरणको व्यवस्था गरिने, प्रमुख शहर, बजार क्षेत्र, घना बस्तीका चोक र मुल सडकहरुमा सीसीटीभी, साईरन जस्ता उपकरण प्रयोग गरी प्रभावकारी रुपमा अपराध नियन्त्रण गरिने, कारागारहरुलाई सुधार गृहका रुपमा विकास गर्दै कैदी बन्दीहरुलाई अध्ययन, आयआर्जन र उत्पादनका कार्यमा लगाइने, अपराधी होइन, अपराधलाई घृणा गरौं सचेतना कार्यक्रम चलाई कारागारबाट बाहिर निस्केपछिको जीवन सुरक्षित र समाजमा सहज मिलन र पुनस्र्थापित हुने वातावरण बनाइने, कुलतमा लागेका व्यक्तिहरुलाई सुधार गर्न अभिमुखीकरण, जीवन उपयोगी तालीम तथा मनोपरामर्श सेवा लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।


दुई बर्षभित्र साक्षर कर्णााली घोषणा

एक जिल्ला एक बहुप्राविधिक कलेज स्थापना गर्ने, कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्लामा स्थानीय तहको समन्वयमा नमूना आवासीय विद्यालय स्थापना  गर्ने र नेपाल सरकार र स्थानीय तहसँगको समन्वयमा आगामी दुई वर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने सरकारको नीति कार्यक्रममा उल्लेख छ । ठूला उद्योग कलकारखाना स्थापनाका लागि बाटो, बिजुली लगायतका आधारभुत पूर्वाधार उपलब्ध गराई लगानी सुरक्षाको वातावरण निर्माण गर्ने, पौष मसान्तभित्र लगानी सम्मेलन गर्ने,  कपास र अल्लो खेतीलाई प्रवद्र्धन गर्ने, प्रदेशको पहिचान झल्काउन जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक लगायतले प्रयोग गर्ने औपचारिक पोशाकमा अल्लोका उत्पादन प्रयोग गर्ने सरकारी कार्यालय र कार्यक्रमहरुमा स्थानीय उत्पादन प्रयोग गरिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!