बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी

Posted on: 20 Jan, 2017


नरजन तामाङ/माघ ७, सुर्खेत । कुनाथरी–५, बेलचौरका महिलाहरूले  बेमौसमी तरकारी खेतीलाई आफनो आर्यआर्जन श्रोत बनाउँदै मनग्य आम्दानी गर्न सफल भएकाछन् ।

करेसाबारीमा मात्रै तरकारी खेती गर्ने महिलाहरुले अहिले व्यवसायिक रुपमै बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न सफल भएका हुन् । सधै चुलोचौकोमा मात्र सिमीत रहेका महिलाहरु समाज परिवर्तनको लागि सक्रिय बन्दै आयआर्जनमा समेत लागेका हुन् । 

बेलचौरका महिलाहरुले व्यवसायलाई सरल रुपमा आर्यआर्जन गर्ने बाटो बनाएका छन । सूरुमा घरमा श्रीमानको दमनमा बस्ने महिलाहरुले बेलचौरलाई केही महिना अगाडि नमूना गाँउको अभियान चलाएका थिए ।

 बेलचौरलाई साँच्चीकै  नमूना बनाउने लक्ष्य लिएका उनीहरुले महिलाहरु पनि समृद्ध बन्नुपर्छ भन्ने लक्ष्य लिएर बेमौसमी तरकारी खेतीबाट आयआर्जनमा लागेका हुन् । सामूहिक रुपमा समाज रुपमान्तरणको अभियानमा लागेका उनीहरुले अहिले आफूहरु पनि आर्थिक रुपमा समृद्ध बन्न थालेको बताएकाछन् । 

कुनाथरी गाविस बेलचौरकी रुपसिला सारु अहिले ३४ वर्षकी भइन । रुपसिला सुरुमा घरमा बालबच्चा हेरचाहमा मात्रै व्यस्त हुन्थिन तर उनी अहिले किर्डाक नेपालको कार्यक्रमले गर्दा सामाजिक अभियान्तासंगै आयआर्जन समेत गरिरहेकिछन् ।


आमा समूहमा आवद्ध भएपछि किर्डाकद्धारा सञ्चालित सिडस कार्यक्रमबाट तालिम लिएर बेमौसमी तरकारी खेतीमा लागेकि ह्ुन् । सुरुमा तरकारी खेती कसरी गर्ने भन्नेसम्म थाहा नपाएकी उनले अहिले भारतमा मजदुरीका लागि जाने युवाहरुलाई समेत तरकारी खेतीमा लाग्न प्रेरित गरिरहेकिछन् । उनले अहिले श्रीमान र आफू मिलेर तरकारी खेती गरी आर्यआर्जन गरेको बताइन । दुई मौसममा गरेको खेतीबाट वार्षिक रुपमा ७० हजार आम्दानी गरेको उनको भनाई छ ।

यस्तै  कुनाथरी बेलचौरकी ५२ वर्षकी रम्बा गौतमले पनि तरकारी खेती बाटै आफ्नो दैनिकी सहज बनाएकिछन् । घरमा ६ जना परिवार भएको रम्बाले तरकारी खेती गरेको रकमले घर खर्च चलाउँदै आएकिछन् । घरको मुली मान्छे आफै भएको भन्दै उनले यही तरकारी खेतीबाट आफूले परिवार चलाएको बताइन । 

किर्डाकले नै दिएको रोग सम्बन्धीको तालिमले अझ सहज बनाएको उनले बताइन । अहिले तालिम लिएपछि तरकारी खेतीबाटै मनग्य आम्दानी गर्ने आँट आएको उनले बताइन । २५ हजारको बीउ र टनेलको खर्च समेत कार्यक्रमबाट उपलब्ध भएको उनले बताइन । 

उनले श्रीमानको निधनले पीडा भएको भन्दै अहिले तरकारी खेती गरी पीडा भुल्दै आएको बताइन । उनले बार्षिक एक लाख २५ हजारसम्म आम्दानी गरेको उनको भनाई छ । तरकारी खेतीसँगै अहिले १२ वटा बाख्रा र कुखुरा पनि पाल्दै आएको उनको भनाई छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!