राष्ट्रसेवकका परिवार बाख्रापालनमा जोडिदै

Posted on: 10 Jan, 2018

दलसिंह गिरी/पुस २६, सुर्खेत । राष्ट्रसेवकका रुपमा लिइने नेपाली सेनाका परिवारहरु बाख्रापालनमा जोडिने भएका छन् । 

मध्यपश्चीम इपी सेन्टर कार्यालय बाके नेपालजंग द्धारा सुर्खेतको बराहाताल गाउपालिका वडा नं. ५ बड्ढीचौमा बाख्रा पालन तालिम दिने भएपछि त्यहाँका परिवारहरु बाख्रापालनमा जोडिने भएका हुन् । 

बड्ढीचौमा नेपाली सेना कल्याणकारी कोष बाट बुधबार देखि २ दिन सम्म बाख्रापालन सम्बन्धी तालिम संचालन भएको छ । भूतपूर्व नेपाली सेनाका परिवार, बाहालवाल नेपाली सेनाका परिवार र विरगती प्राप्त नेपाली सेनाका परिवारलाई आर्थिकरुपमा सक्क्षम गराउनुका साथै ब्यवसाहिक पशुपालनमा अग्रसर गराउने तालिम संचालन गरिएको हो ।


बुधबार बाट ३ दिन सम्म संचालन हुने तालिम उद्घाटनमा नरसिंह दल गणका गणपती दिग्गीवजय शाह इन्भेष्टमेन्ट बैक शाखा सुर्खेतका प्रमुख कृष्ण जोसी, बराहताल गाउपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत, नेपाल भुतपूर्व सैनिक संघ सुर्खेतका अध्यक्ष अप्रास देबबहादुर थापा, नेपाल भुतपूर्व सैनिक संघ सुर्खेत प्रदेश अन्तर्गत क्षेत्र नं. ३ का अध्यक्ष बल बहादुर मस्यांघी मगर, वडा नं. ५ का अध्यक्ष तिलक मस्यांघी, जिल्ला पशु स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख नारायण न्यौपाने लगायतको उपस्थीति रहेको छ ।

पशु स्वास्थ्य सेवा प्रशिक्षक धर्मेन्द्र यादव द्धारा सहजिकरण गरिने तालिममा बाख्रापान आवश्यक उपकरण, दानापानी ब्यवस्थापन, मौसम अनुसारको हेरचाह लगायत विभिन्न विधिका बारेमा प्रशिक्षित गराईने आयोजकले जनाएको छ ।  तालिममा भुतपूर्व सैनिक, बाहलवाल शैनिक, विरगती शैनिकका परिवारहरु गरी करिव ४० जना सहभागी रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!