नयाँ स्थानमा विद्युत् उत्पादन सम्भाव्यता अध्ययन गरिने

Posted on: 27 Aug, 2017

भदौ ११,सुर्खेत । ऊर्जामन्त्री महेन्द्र शाहीले ६ नं प्रदेश विद्युत्को भन्डार भएको बताउनुभएको छ । 

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय आज उद्घाटन गर्दै ऊर्जामन्त्री शाहीले ऊर्जाको विकास गर्न कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखिएको तथा ६ नं प्रदेशका नयाँ स्थानमा विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । 

मन्त्री शाहीसहित मन्त्रालयका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली कर्णाली र भेरी करिडोरको भम्रणमा छ । आज जाजरकोटमा ३३ केभी विद्युत् प्रसारण लाइनको औपचारिक उद्घाटन जाजरकोट सदरमुकाम हुँदैछ । रासस(फाइल फोटो) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!