निर्यात बढाउन औद्योगिक क्षेत्र व्यवस्थित बनाईने

Posted on: 10 Jul, 2018

असार २६, सुर्खेत | कर्णालीका उत्पादनहरुको निर्यात बढाउन सुर्खेतको औद्योगिक क्षेत्रलाई व्यवस्थित गरिने भएके छ । प्रदेशको राजधानीमा रहेको औद्योगिक क्षेत्रको आवश्यक संरचनाहरुलाई समेत थप गरेर निर्यातमुखि बनाउने लागिएको हो । कर्णाली प्रदेश सरकारकाले संघीय सरकारको समन्वयमा आवश्यक पूर्वाधार तयार गरी  उत्पादन र निर्यात बढाउने योजना प्रदेश सरकारले बनाएको छ ।

कर्णाली प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मंगलबार वीरेन्द्रनगरको औद्योगिक क्षेत्रको निरीक्षण गर्दै कर्णाली प्रदेशले निर्यात बढाउन नसके उद्योग स्थापनाले मात्र केही नहुने बताए । कर्णालीको समृद्धिका लागि औद्योगीकरण जरुरी भएको भन्दै मन्त्री बुढाले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी निर्यात बढाउनु पर्नेमा जोड दिए । ‘उद्योग स्थापना गरेर मात्रै हुँदैन’ मन्त्री बुढाले भने, ‘स्थानीय स्रोत साधनको उचित प्रयोग गरेर उत्पादित वस्तु निर्यातमा पनि ध्यान दिन जरुरी छ ।’ औद्योगिककरण बढाउन सरकारले अद्योगमैत्री वातावरण बनाई लगानी आकर्षित गरिने बताए ।


सरकारले उद्योग स्थापनाका लागि समेत बजेट विनियोजन गरेको भन्दै मन्त्री बुढाले औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरुलाई व्यवस्थित गरी नयाँ उद्योग स्थापनाका लागि पनि सरकारले निजी क्षेत्रलाई आकर्षित गर्ने बताए । सुर्खेतको औद्योगिक क्षेत्रबाट निस्किने फोहोरव्यवस्थापनका लागि पनि सचेत हुन कार्यालयलाई निर्देशन दिए । ९० रोपनी क्षेत्रफलमा रहेको सुर्खेतको औद्योगिक क्षेत्रमा हाल ४२ वटा उद्योगहरु सञ्चालनमा र ४ वटा उद्योग निर्माणको क्रममा रहेका छन् । यहाँँका २ उद्योग बन्द भईसकेको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख जीव नारायण बन्जाडेले बताए ।

औद्योगिक क्षेत्रमा काठ उद्योग ९, पोल्ट्री फर्म ५, खाद्य उद्योग तथा इन्जिनियरिङ्ग ३/३, छापाखाना २, पानी, डेरी, हर्वल, कोल्ड स्टोर, फर्निचर उत्पादन र प्लाष्टिक तथा दाना उद्योग एक/एक ओटा छन् । औद्योगिक क्षेत्रमा सरकारी एक करोड ४४ लाख र निजी क्षेत्रको पाँच करोड लागनी छ ।विभिन्न प्रकृतीका उद्योगहरुले दैनिक विभिन्न सामग्री उत्पादन गर्दै आएपनि विद्युतको समस्या झेल्नु परेको प्रमुख बन्जाडेले बताए । औद्योगिक क्षेत्रमा भरपर्दो कम्पाउण्डतथा सुरक्षाको व्यवस्था नहुन र कच्ची सडकहरुका कारण व्यवस्थापनमा चुनौतीथपिएको कार्यालय प्रमुख बन्जाडेको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!