समृद्धिका लागि पर्यटन प्रबद्र्धन जरुरी

Posted on: 12 Oct, 2018

सुर्खेत २६ असोज । कर्णाली प्रदेशको पर्यटन प्रबद्र्धनले मात्र प्रदेशको समृद्धि सम्भव भएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा सम्पदा मल्टिपर्पोज प्रा.लिको कार्यालय उद्घाटन समारोहका सहभागीहरुले यस्तो बताएका हुन् । कर्णाली प्रदेशको भाषा, संस्कृति र यहाँका प्राकृतिक सम्पदाहरुले कर्णालीको पहिचानका लागि मद्यत गर्ने उनीहरुको भनाई छ ।

कर्णाली उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य कुर्मराज शाहीले कर्णाली भाषा, संस्कृती, सभ्यताको उद्गम्स्थल भएको भन्दै यस्ता पर्यटकीय सम्पदाहरुको संरक्षणमार्फत कर्णाली समृद्धिको अभियानलाई सार्थक बनाउन सकिने बताए । ‘हामी प्राकृतिक सम्पदा र संस्कृती निकै धनी छौ’ उनले भने, ‘त्यसको पहिचान, प्रचार प्रसार र संरक्षण अबको खाँचो हो ।’

कार्यक्रममा वीरेन्द्रनगर ४ नम्बर वडाका अध्यक्ष निलकण्ठ खनालले पर्यटनको बिकास मार्फत प्रदेशलाई समृद्ध बनाउन सकिनेमा जोड दिए । सबैको योगदानले मात्र समृद्धि प्रदेशको अभियान सार्थक हुने भन्दै प्रदेश सरकार र स्थानीय सरकारको समन्वय जरुरी हुने बताए । सम्पदा मल्टिपर्पोज प्रालिले कार्यालय उद्घाटनसंगै एउटा गीत पनि सार्वजनिक गरेको छ ।

नव स्थापित कम्पनीले मुनाफाको २ प्रतिशत रकम कलाकार, साहित्यकार र पत्रकारको हितमा लगानी गरिने बताए । उनले उक्त कार्यका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने, आगामी मंसिर १ देखि चैत्र मसान्तसम्म कर्णाली अवार्ड सिजन १ सञ्चालन गर्ने त्यसमा देउडा, दोहोरी, आधुनिक, गायन, शब्द, संगीत लगायतका ९ बिधामा अवार्ड वितरण गरिने घोषणा गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!