सुर्खेत: प्रतिभाको खोजी गर्न हुनेभयो प्रदेश स्तरीय आईडल

Posted on: 19 Jan, 2018

दलसिंह गिरी/माघ ५, सुर्खेत । नेपाली समाजको कला, संस्कृतिको संरक्षण अभियानमा लागेको सिङ्गारो म्युजिक प्रा.लि.ले यहि आउदो चैत्र ३० गते ‘छ प्रदेश आईडल’ प्रतियोगिता गर्ने भएको छ । 

प्रदेश नं. ६ मा लुकेर रहेका प्रतिभाको खोजी तथा त्यसको उजागरका लागि सिङ्गारो म्युजिक प्रा.लि.ले प्रदेश स्तरीय आईडल प्रतियोगिता गर्ने भएको हो ।


विगत बर्षमा विभिन्न चाडपर्व,  दिवसको अवसर पारेर धेरै सास्कृतिक कार्यक्रमहरु तथा प्रतियोगिता गरिसकेको म्यूजिक प्रा.लि.ले यस पटक भने प्रदेश ६ का सबै जिल्लाहरुमा सास्कृतिकका विभिन्न विधाहरु मध्यको गायन विधाका प्रतिभावान कलाकारको खोजी गर्न प्रदेश स्तरीय आईडल प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।

यहि माघ ५ गते एक प्रेस बक्तब्य निकाल्दै म्युजिक प्रा.लि.ले पहिलो चरण माघ मसान्त बाट प्रत्येक जिल्लाबाट  उत्कृष्ट ५÷५ जना प्रतिभावान छनोट गरी, दोश्रो चरण सुर्खेतमा संयुक्त आईडल हुने र अन्तिममा चैत्र ३० गते फाईनल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

आयोजकले फाईनल प्रतियोगिताका  विजेताहरुलाई भारी धनराशीको पुरस्कार समेत घोषणा गरेको छ । फाईनल आईडलमा प्रथम हुनेलाई ३ लाख नगद पुरस्कारका साथै मौलिक गीत रेकडिङ्गको अवसर, दोश्रो हुनेलाई २ लाख नगद, तेश्रो हुनेलाई एकलाख नगद पुरस्कार र उत्कृष्ट गायकलाई पचास हजार नगद पुरस्कार दिईने जनाएको छ ।

गायन विधाको आईडललाई सफल पार्न प्रदेशवासी सम्पूर्ण सरोकारवाला निकाय, बुद्धिजीवी सबैको सुझाव सहयोग अपेक्षा रहेको प्रबन्ध निर्देशक विशाल ढकाल र कार्यक्रम संयोजक खगेन्द्र सुनारको संयुक्त हस्ताक्षरीत प्रेस बक्तब्यमा भनिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!