स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण दबाब

Posted on: 26 Jan, 2017


नरजन तामाङ/माघ १३, सुर्खेत । संविधान जारी भएको एक वर्ष पुरा भएपनि कार्यान्वयनमा भने ढिला देखिएको भन्दै जिल्ला स्थित संघ संस्थाहरुले दबाब दिने कार्यक्रम गरिएको छ । 

स्थानीय चुनाव र संविधानपूर्ण कार्यान्वयनमा ढिला भएपछि वीरेन्द्रनगरमा महिलाहरुका लागि महिला संस्था वामको अगुवाईमा प्रत्येक बिहीबार शान्तिपूर्ण दबाब दिदै आएका हुन । 

राज्यले महिलाहरुलाई पहुचमा कम समावेश गरिएको र राजनितिमा महिलाहरुको कम सक्रिय सहभागिता गराएको भन्दै यो अभियान सञ्चालन गरेको हुन । अघिलो बिहीवार सुर्खेत जिल्ला प्रशासन कार्यालयमा पनि धर्ना दिएका थिए । सुर्खेत स्थित विभिन्न संञ्जालबाट संस्थाहरुबाट सहभागिता जनाउदै आएका छन । अब हुन लागेको स्थानीय च्ुनाव सहकार्य शान्तिको संविधान पूर्ण कार्यान्वयन गर स्थानीय चुनाव छिटो गर भन्ने नारा सहित दबाब कार्यक्रम आयोजना गदै गरिएको हो । 

महिलाहरुका लागि महिला संसथाको अगुवाईमा भएको दबाब कार्यक्रममा बोल्दै महिलाहरुका लागि महिला संस्था वाम सुर्खेतकी कार्यकारी निर्देशक मधुरानी ढाकलले राज्यले महिलाहरु लाई नेतृत्व तहमा कम समावेश गरेको र अबको स्थानीय निर्वाचनमा महिलाहरुको सक्रिय सहभागिता गराउनुपर्नेमा जोड दिएकी थिइन । 

उनका अनुसार हरेक क्षेत्रमा महिलाहरुलाई पहुचबाट बञ्चित गराउदै आएको अबको निर्वाचनमा महिलाहरुको धेरै भन्दा धेरै सहभागितामा स्थानीय तहको निर्वाचनमा समावेश गराइनुपर्ने बताएकी छन । 

कार्यक्रममा विभिन्न संञ्जालका,आवाज,,समाज जागरण केन्द्र स्याक ,अन्तरपार्टी महिला संञ्जाल ,एकल महिला, जिल्ला स्थित राजनैतिक दलका प्रतिनीधि, आम नगरिकहरुको. सक्रिय सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!