सुर्खेतमा १० दलको उम्मेदवारी दर्ता

Posted on: 02 Nov, 2017

दलसिंह गिरी | कात्तिक १६, सुर्खेत । आसन्न मंसिर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनका लागि सुर्खेतमा पनि दलहरुले मनोनय दर्ता गरेका छन् । निर्वाचन आयोगमा दर्ता भएका १९ दल मध्य १० दलले उम्मेदवारी मनोनयन गरेका छन् ।संयुक्त वाम गठन्धनले शक्ति प्रदर्शन गर्दै निर्वाचन आयोगको मुख्य कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी मनोनयन गरेका थिए । तर सधैका निर्वाचनझै निकै तामझम गर्ने नेपाली कांग्रेसले यो पटक बाजाविनै र्याली निकालेर मुख्य कार्यालयमा उम्मेदवारी दर्ता गरेको थियो ।

नेपाली कांग्रेसले भने सुर्खेतबाट केन्द्रीय प्रतिनीधि सभाको लागि क्षेत्र नम्बर एकबाट पूर्वगृहमन्त्री पूर्णबहादुर खड््का र दुईबाट पूर्वमन्त्री हृदयराम थानीको उम्मेदवारी दर्ता गरेको छन् । यस्तै, कांग्रेसले प्रदेश सभाको लागि निर्वाचन क्षेत्र १(क) मा टेकबहादुर सिंह, १ (ख) बाट झकबहादुर डाँगी, निर्वाचन क्षेत्र नम्बर २ (क) बाट कमलराज रेग्मी र २ (ख) बाट तप्त विष्टको उम्मेदवारी दर्ता गराएको छ । अन्य राजनीतिक दलहरुले पनि मुख्य निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

बाम गठबन्धनले सुर्खेतबाट केन्द्रीय प्रतिनीधि सभाको लागि क्षेत्र नम्बर एकबाट धुव्रकुमार शाही र दुईबाट नवराज रावतको उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनले प्रदेश सभाको लागि निर्वाचन क्षेत्र १(क) मा ठम्मर विष्ट(ख) बाट खड््कबहादुर खत्री, निर्वाचन क्षेत्र नम्बर २ (क) बाट पूर्वमन्त्री यमलाल कंडेल र २ (ख) बाट विन्दमान विष्टको उम्मेदवारी दर्ता गराएको छ । पूर्वमन्त्री समेत रहनु भएका नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले ०४८ सालदेखी नै सुर्खेती जनताले कांग्रेसलाई रोज्दै आएकाले यो पटकको निर्वाचनमा आफूहरुले जिताउने उद्घोष जनताले नै गरेकोले आफूहरुले जित्ने बताए ।

बामगठबन्धनका उम्मेदवार यमलाल कंडेलले देशको आर्थिक समृद्धिका गठबन्धनका उम्मेदवारहरुले जित्ने बताए । उनले एमालेले लिएको राष्ट्रियताको सवालमा लिएको अडानका कारण सुर्खेतसहित प्रदेशमा गठबन्धनका उम्मेदवारहरुले जित्ने उल्लेख गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!