पहिले ऐन नियममा, अब कार्यान्वय अभियानमा: पूर्वमन्त्री थानी

Posted on: 14 Jan, 2018

दलसिंह गिरी/पुस ३०, सुर्खेत । आफु सहकारी तथा गरीवी निवारण मन्त्रालयमा रहँदा सहकारी सम्बन्धी ऐन नियम निर्माणमा ब्यस्त रहेपनि अबको आफ्नो अभियान त्यसलाई फलोअप गर्ने रहेको पूर्व सहरकारी तथा गरिवी निवारण मन्त्री एवं नेपाली कांग्रेसका नेता हृदयराम थानीले बताउनु भएको छ ।  

सम्झाना बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभामा बोल्दै थानीले यस्तो कुरा बताउनु भएको हो । 

जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि पश्चिम तर्फ पर्ने बराहताल गाउँपालिका वडा नं. ५ कुनाथरी बड्ढीचौरमा रहेको सम्झना बचत तथा ऋण सहकारी सस्थाको १२ औं साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै थानीले सहकारीले समुदायमा सामाजिक सदभाव फैलाउने भएकाले अब सहकारी जागरण अभियान आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएयो ।


सहकारीका अध्यक्ष लोक बहादुर थापाको अध्यक्षता, पूर्व सहकारीमन्त्री थानीको प्रमुख आथित्यतामा संचालित कार्यक्रममा बोल्दै युवा स्वरोजगरका जिल्ला संयोजक प्रकाश पौडेलले सहकारी तथा गरीवी निवारण मन्त्रालय मार्फत संचालित युवा स्वरोजगार कार्यक्रम बाट प्रदान हुने ऋण अनुदान अब सम्झना सहकारीलाई प्रदान गर्ने आफ्नो पहिलो प्रयास रहने विश्यास ब्यक्त गर्नु  भएको छ । 

सहकारीको बार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रमबारे संस्थाका अध्यक्ष लोक बहादुर थापाले प्रस्तुत गर्नु भएको छ भने संस्थाको बार्षिक आय–ब्याय तथा वासलात सहकारीका कोषाध्यक्ष ललित नेपालीले गर्नु भएको छ । 

हाल करिव १ करोड २५लाख ४९ हजार बराबर वासलात रहेको  सहकारीले जेष्ठ शेयर सदस्यलाई सम्मान, अशल ऋणीलाई सम्मान तथा अब सुत्केरी शेयर सदस्यलाई पनि प्रोत्साहन भत्ताको ब्यवस्था गर्ने जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!