महेन्द्र बहादुर शाहीको यात्रा: लडाकुदेखि मुख्यमन्त्री सम्म

Posted on: 15 Feb, 2018

दलसिंह गिरी/फागुन ३, सुर्खेत । महेन्द्र बहादुर शाही (प्रदेश नं. ६ का नव नियुक्त मुख्यमन्त्री) वि.सं.२०३३ साल माघ १५ गते कालिकोट जिल्लाको बिकट क्षेत्र पचालझरना गाउँपालिका (साविकको नानिकोट गाविस) वडा नं. ९ कोटिलामा मध्यमबर्गीय परिवारमा जन्मिएका हुन् । 


बाबु लाल बहादुर शाही र आमा रनकौडा शाहीको कोखबाट जन्मिएका शाही जन्मिएको करिव २ बर्षका हुदा बुवाको असामयीक निधन भई बाबु विनाका टुहुरा भएका थिए । एकल आमाको पालनपोषण मै हुर्किएका शाही गाउकै स्थानीय विद्यालयमा एसएलसी सम्म अध्ययन गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनबाट प्रदेशसभा कालिकोट क्षेत्र नं. ख बाट निर्वाचित भै प्रदेश ६ को मुख्यमन्त्री बन्ने सुनौलो अवसर प्राप्त गरेका शाही आज विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालले बाट मुख्यमन्त्रीमा नियुक्ती पाएका छन् । 


वाम गठबन्धनको केन्द्रस्तरीय सहमति अनुसार प्रदेश ६ को मुख्यमन्त्रीको जिम्मेवारी पाएका शाही अबको ५ बर्ष पुरै मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । 

सरकार गठनको सुरुवातमा एमाले र माओवादी विच मुख्यमन्त्रीका लागि आलोपालो नेतृत्व गर्ने बहस चलेपनि अन्तत आज बिहीबार पुरै कार्यकाल मुख्यमन्त्री शाहीले नै चलाउने सहमती भै आजै जिम्मेवारी सम्हालेका हुन् ।

आज बिहीवार मुख्यमन्त्री नियुक्त भएका शाहीले भोलि (शुक्रबार) सपथ लिने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रबाट संसदिय दलको नेता समेत भएका शाहीको नेतृत्वमा शुक्रबार नै मन्त्रिमण्डल विस्तारको प्रक्रिया शुरु हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


तत्कालिन नेकपा माओवादीको जनमुक्ती सेनाको छैटौ डिभिजन कमाण्डार रहेका शाही पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिन्छन् । नेपालको दोश्रो पटक भएको संविधान सभाको निर्वाचनबाट कालिकोटबाट सभासद भएका शाही, तत्कालिन देउवा सरकारमा उर्जामन्त्रालयको जिम्मेवारी सम्हाली देशैभरको लोडसेडिङ हटाउने अभियानमा लागेका थिए ।

माओवादी पार्टीभित्र राजनीतिक र फौजी दुबै मोर्चामा काम गरेका शाही तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि मिडियामा एकाएक चर्चामा आएका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!