मुख्यमन्त्री शाहीले सम्मानमा बोले- 'कसैको अपमान नहोस्'

Posted on: 21 Feb, 2018

दलसिंह गिरी | फागुन ९, सुर्खेत | प्रदेश नं. ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मान, मर्यादा र आचरण मानव जीवनको अपरिहार्य गहना रहेकाले कुनै क्षेत्र, भेग, जातजाती, भेषभूषाका आधारमा कसैमाथि कसैले फरक ब्यवहार देखाईन नहुने बताउनु भएको छ । विगत र बर्तमानमा  कर्णाली क्षेत्रको अवस्थालाई उठान गर्दै शाहीले अबको सभ्य समाज निर्माणका लागि आजका सचेत नागरिकले भित्रीमन देखि आफैबाट यो अभियान सुरुवात गर्नुपर्ने बताउनु भएको छ ।


कर्णाली जन एकता समाजले गरेको मुख्यमन्त्री शाहीको सम्मान, बधाई तथा भेटघाटमा सम्मान ग्रहण गर्दै शाहीले समृद्ध समाज निर्माणका लागि पैरवीको अभियान कर्णाली एकता समाजले थाल्न आग्रह समेत गर्नु भएको छ । मुख्यमन्त्री कार्यालयको कार्यकक्ष मै भएको सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै कर्णाली जन एकता समाजका अध्यक्ष पूर्ण बहादुर शाहीले कर्णाली जनएकता समाजको पृष्ठभूमि, उद्देश्य र यसकाले गरेका कामबारे प्रकाश पादैं कर्णालीको ऐतिहासिक विशेषतालाई जगेर्ना गर्दै कर्नाली प्रदेशको समृद्धि र कर्नालीबासी हरुका विच सदभाव, एकता कायम राख्न कर्णाली जन एकता समाज गठन भएको बताउनु भएको छ ।


कर्णाली जनएकता समाजको अगुवाईमा यसका पदाधीकारी, सुर्खेतमा बस्दै आएका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, मुगु लगायत क्षेत्रका सुभचिन्तकहरुले  मुख्यमन्त्री शाहीलाई बधाई दिदै कर्णालीको दुरदराजमा जन्म लिएर प्रदेश कै मुहार फेर्न पाएको जिम्मेवारी सफलता पूर्वक पुरा गरोस् भन्दै कार्य सफलताको शुभकामना समेत दिएका छन् ।​

यस बिषयमा तपाइको प्रतिक्रिया...!