७ प्रदेश मध्ये एकको नाम टुङ्गो लाग्यो !

Posted on: 24 Feb, 2018

फागुन १२, सुर्खेत । संघीय संरचना अनुसार ७ प्रदेशमा छुट्टिएको नेपालमा पहिलो पटक प्रदेश ६ को नाम टुंगिएको छ । 

प्रदेश-६ को नाम कर्णाली नामाकरण भएको हो भने सुर्खेतको विरेन्द्रनगरलाई राजधानी तोकेको छ । शनिबार बसेको प्रदेशसभाको चौथो बैठकले अध्याधिक मतले प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो ।

संविधानले प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै दिएको छ । बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखे ।

प्रदेशसभा दलहरुको सहमतिका आधारमा कँडेल र शाहीले प्रस्ताव राखेका हुन् । प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ ।

४० सदस्यीय प्रदेशसभामा ३९ सांसद छन् । एक सांसदले रानीनामा दिएका छन् भने एक सभामुखले मत दिएनन् । प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावको पक्षमा ३७ जनाले मत दिएका छन् ।

त्यस्तै बैठकले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर राख्ने प्रस्ताव पनि दुई तिहाईले पारित गरेको छ । प्रस्तावको पक्षमा ३६ मत परेको छ भने विपक्षमा एक मत मात्र खसेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!