कर्णाली प्रदेशसभा : नीति तथा कार्यक्रम पारित नभई स्थगित

Posted on: 15 Jun, 2021

असार १, कर्णाली (रासस) । कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत गरेकोे वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्र्रदेश सरकारलार्ई संवैधानिक बाध्यता छ तर नीति तथा कार्र्यक्रममाथिको छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो ।

सांसदहरुले छलफलमाा भाग लिएलगत्तैै सभामुख राजबहादुर शाहीले बैठक असार १ गते दिउँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो । सभामुख शाहीले दलीय सहमतिअनुसार बैठक स्थगन गरेको बताउनुभयो । सर्वोच्च  अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्र्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली अन्तरिम आदेश दिएपछि सत्तापक्ष र प्रमुख प्र्रतिपक्षी दुुवै सकसमा छन् । अदालतको पत्रअनुसार सभामुखले सोमबारको बैठकमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!